२०८२, २७ चैत्र शनिबार

मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया तत्काल सुरु हुने

मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया तत्काल सुरु हुने


रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली अस्पताललाई वाग्मती प्रदेशको प्रादेशिक अस्पताल बनाउन मन्थली नगरपालिकाले माग गरेको छ ।

मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाले साझेदारी गर्ने गरी मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाइदिन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई अनुरोध गरे । प्रदेश सरकारले मन्थली अस्पताललाई मेडिकल अफिसर, नर्स लगायतका जनशक्ति पठाएको भन्दै उनले धन्यवाद दिए । नगर ५ देखि ७५ प्रतिशतसम्म लगानी गर्न परे पनि तयार भएको भन्दै उनले अस्पताललाई भने प्रादेशिक अस्पतालको रूपमा ग्रहण गरिदिन आग्रह गरे ।

मन्थली अस्पतालको नयाँ भवन बनिसकेको बताउँदै उनले नयाँ भवनमा अस्पताल सर्दा प्रादेशिक अस्पतालको बोर्ड राख्ने गरी व्यवस्था मिलाई दिन उनले प्रदेश मन्त्री मगरलाई अनुरोध गरे । कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री मगरले मन्थली नगरपालिकाले मात्र यति ठूलो अस्पताल सञ्चालन गर्न नसक्ने बताउँदै मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन आफूले पहल गर्ने बताए ।

‘अस्पतालको चापलाई मध्यनजर गरेर जतिसक्दो चाँडो वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नै प्रादेशिक अस्पतालको रूपमा यो अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । यसअघि मन्त्री मगरले मन्थली नग अस्पतालको अवलोकन गरेका थिए । सो क्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशवसिंह धामीले अस्पतालको अहिलेको अवस्था, सञ्चालित सेवा र चुनौतीको बारेमा जानकारी दिएका थिए । बिरामीको अधिक चाप भएकोले काम गर्न निक्कै कठिन भएको उनले अवगत गराए ।

कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल लगायतका नेताहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  २ : १२ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण