२०८३, ७ कार्तिक शनिबार

माओवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा

माओवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा केन्द्रीय समितिको बैठकका एजेन्डबारे छलफल भएको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दिउँसो १ बजे धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति, प्रभावकारी र र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल केन्द्रीत रहेको प्रवक्ता अग्नीप्रसाद सापकोटोले जानकारी दिए ।
उनले भने,‘आज दिउँसो १ बजेदेखि धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति प्रभावकारी र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल गरेको छ ।’
उनका अनुसार केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्दै समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरुले रिर्पोटिङ गर्नेछन् । प्रदेश अध्यक्षको रिर्पोटिङ सकिएपछि प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।
उनले भने,‘अध्यक्षले बैठकको उद्घाटन गर्नुहुने छ । उद्घाटनका क्रममा नै उहाँले अहिलेको समसामहिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुन्छ । त्यसपछि प्रदेशका सबै अध्यक्षहरुले रिर्पोटिङ गर्नुहुने छ । त्यो सकिएपछि अध्यक्षले राजनीतिक प्रस्ताव पेस गर्नुहुने छ ।’

प्रकाशित मिति : २०८१, २१ पुस आईतबार  १ : ४२ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने