२०८२, २४ पुस बिहीबार

सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने

सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने


काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेको छ । बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने समेत निर्णय भएको जानकारी दिए ।
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरुः
१. महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
२. प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने ।
३. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्वन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने ।
४. फिलिपिन्समा आयोजना हुने ँबअभ तय ँबअभ ःभभतष्लन मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
५. पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (एएए) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने ।
६. विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्री छत्र बहादुर कटुवाल, बाजुरालाई नियुक्त गर्ने ।
७. आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
८. नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरूवा गर्ने ।
९. नेपाल सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं. ६ को १७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने।
१० . जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं. १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिने ।
११. हिल्सा–सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको ८०० मिटर लम्बाईको सडक निर्माण र चुवा खोलामा वेली वृज निर्माणको कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
१२. राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा श्री ध्रुव आचार्य, रुपन्देहीलाई नियुक्त गर्ने ।
१३. अप्पर देउमाई खोला साना जलविद्युत आयोजना निर्माणको लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४.८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
१४. कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं. ६ बयरवनलाई परिवर्तन गरी वडा नं. ५ भौसाबारी कायम गर्ने।
१५. खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गर्ने ।

१६. निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।
१७ .राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।
१८. विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने ।
१९ . ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने ।
२०. वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने ।

प्रकाशित मिति : २०८१, १८ पुस बिहीबार  १२ : ०१ बजे

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो