२०८३, ३१ जेष्ठ सोमबार

कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडपर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका छन् ।

बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको भन्दै यिनै चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधता बीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । यी पर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।’

उनले डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई ईसाई धर्मावलम्वीहरूले हरेक वर्ष धार्मिक—सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको भन्दै क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्वहरुमा नेपाली कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २०८१, १० पुस बुधबार  ६ : २२ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क