२०८३, १३ जेष्ठ बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो । डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।

राष्ट्रपति पौडेलले १५ र १६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको एक चिकित्सकले बताए । ‘प्रोटेस्टको सामान्य समस्या थियो । त्यही सफा गर्ने हो । प्लानअनुसार नै भर्ना हुनुभएको हो’, अस्पताल स्रोतले भन्यो ।

राष्ट्रपति पौडेलको आज नै शल्यक्रिया हुँदैछ । प्रक्रिया सुरु गरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरूका अनुसार एकरदुई दिन उनलाई अस्पतालमै राख्नुपर्ने हुनसक्छ । तर, त्यसबारे कुनै निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : २०८१, १९ मंसिर बुधबार  ९ : ०४ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर