२०८२, १४ पुस सोमबार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो । डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।

राष्ट्रपति पौडेलले १५ र १६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको एक चिकित्सकले बताए । ‘प्रोटेस्टको सामान्य समस्या थियो । त्यही सफा गर्ने हो । प्लानअनुसार नै भर्ना हुनुभएको हो’, अस्पताल स्रोतले भन्यो ।

राष्ट्रपति पौडेलको आज नै शल्यक्रिया हुँदैछ । प्रक्रिया सुरु गरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरूका अनुसार एकरदुई दिन उनलाई अस्पतालमै राख्नुपर्ने हुनसक्छ । तर, त्यसबारे कुनै निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : २०८१, १९ मंसिर बुधबार  ९ : ०४ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले