२०८३, १६ असार बुधबार

काठमाडौंमा पहिलो पटक सुट मेला सुरु

काठमाडौंमा पहिलो पटक सुट मेला सुरु


काठमाडौं ।  काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा सुरु भएको मेला मंसिर १७ देखि २०८२ बैशाख २५ गतेसम्म चल्ने छ । नेपालमा सर्टिङ सुटिङ मेला पहिलोपटक आयोजना गरिएको आयोजकाले जनाएको छ ।

मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौ विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सटिङ सुटिङको महत्व बुझाउनु रहेको आयोजकले जनाएको छ । मेलामा सुटमा आएको नयाँ डिजाइनबारे जानकारी गराइनेछ ।

विवाहको सिजनमा दूरदराजबाट सुट पाइन्ट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ ।

मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहनेछन् । यी कम्पनीहरु दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न छन् ।

‘मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक खुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर साबित हुने अपेक्षा गरेका छौ ।’ मेला संयोजक अर्जुन बस्नेतले भने, ‘मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्यान्ड, बैंकक, भारतलगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौ ।’

मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरीद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत राखेका छन् । यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थोरबहुत योगदान हुने आयोजकको विश्वास छ ।

यो मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनु रहेको छ । यसले सटिंङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारको राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  ५ : ०५ बजे

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

जर्मनीको अप्रत्याशित बहिर्गमनसँगै विश्वकपका ऐतिहासिक उलटफेर फेरि चर्चामा

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा चार पटकको विश्वविजेता

जिल्लामै गुनासो समाधान गर्न गृहको निर्देशन, होटलको खानामा देशव्यापी अनुगमन हुने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका दैनिक गुनासो जिल्ला तहबाटै समाधान

ओलीको प्रहार: ‘हिंसा, आगजनी र लुटपाटलाई कानुनी संरक्षण दिँदै सरकार अराजकताको संरक्षक बन्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक