२०८३, २२ जेष्ठ शनिबार

कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित

कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित


कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन् । आज मतदान लगत्तै गरिएको मतगणनाको अन्तिम नतिजा अनुसार शाही १४३ मतसहित निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन् । नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन् । यसअघि माओवादीका परबहादुर शाही अध्यक्ष थिए । उनको २०७९ मा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ८ : ३९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई