२०८३, २ जेष्ठ आईतबार

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कारबाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल हुनेछ । यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले ब्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक– २०८१ मा दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ९ : ०१ बजे

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट

काठमाडौं । आज ललितपुरस्थित त्रिभुवन आर्मी क्लब मा ग्रान्ड मास्टर

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते

काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेर वर्षौंदेखि राजनीति गर्दै आएका कमल

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी नेपालको

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)