२०८२, २१ माघ बुधबार

माओवादीमा प्रचण्डले गरे फेरी प्रपञ्च !

माओवादीमा प्रचण्डले गरे फेरी प्रपञ्च !

उपमहासचिव हरिवोल गजुरेल र जनार्दन शर्माको आवाजलाई दवाईयो


काठमाडौ: नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न भन्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेर प्रचण्डले फेरी आफू बलियो बन्ने प्रपञ्च रचेकाछन् । मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेर प्रचण्डले पार्टी भित्रको कलहलाई छोपछाप पारेको बताइएको छ ।
आफु बिरुद्ध उभिएका नेताहरु महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई कार्यदलमा समावेश गरेका हुन् । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको सचिव चक्रपाणि खनालले बताए । अर्को कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेको उनले जानकारी दिए ।
यसअघि कात्तिक २६ गते बसेको बैठकले विधानमा देखिएका अस्पष्टता हल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई तीन दिनको समय दिएका थिए । यता उपमहासचिव हरिवोल गजुरेलले र जनार्दन शर्माले पकट पटक केन्द्रीय समितिको बैठक बस्न प्रचण्डलाई दावाब दिंदै आएका छन् तर उनीहरुको आवाजलाई फेरी प्रचण्डले दबाएका छन् ।
‘मुख्यतः विधान र उपनिर्वाचनको सम्बन्धमा छलफल भयो । गतवर्ष फागुनमा विधान अनुमोदन भएको थियो । हलमा पेस गर्दा जेजति टिप्पणी आए त्यसमा अध्यक्षले जवाफ दिनेबेला विधानमा हटाउने र राख्ने सम्बन्धमा प्रतिबद्धता जनाउनुभएको थियो । त्यही कुरालाई लिपिबद्ध गर्न कार्यदल गठन गरेको हो’, सचिव खनालले भने ।
कार्यदलको दिएको सुझावका आधारमा विधान अनुमोदन गरी निर्वाचन आयोगमा पठाउने निणर्य भएको उनले बताए । आयोगमा पठाउँदा तीन महले बनाएर पठाउनुपर्ने भएको हुनाले विधानमाथि थप छलफल भएको खनालको भनाइ छ । यद्यपि विधान अधिवेशनको हलले गरेको निणर्य तलमाथि नहुने उनले बताए । गत वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडौंमा माओवादीको प्रथम विधान अधिवेशन भएको थियो ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  ९ : ५२ बजे

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी