२०८१, २६ फाल्गुन सोमबार

गरिबलाई रेफरै रेफर

गरिबलाई रेफरै रेफर


काठमाडौं, भदौ २६ : चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन्। उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन्। पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको कुद्यै छन्। सुत्केरी बेथाले सिकिस्त ३३ वर्षीया ईश्वरीलाई डोर्‍याउँदै ६ घण्टा हिंडाएर उनले नाग्म ल्याए। नाग्मबाट गाडी चढाए।

घरबाट २३ कोस टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकसका साथ पुगेपछि ईश्वरीले त्यहाँ तीन केजीको छोरा जन्माइन्। भदौ २१ गते साँझ नयाँ सन्तानको आगमनमा खुशी भएको यो दम्पत्तिलाई अहिले उसैलाई कसरी बचाउने भन्ने पिरलो छ। सुरुमा यातायात असुविधाका कारण सास्ती झेलेका ईश्वरी र धनप्रसाद स्वास्थ्य सुविधा भएको ठाउँमा आएपछि भने अस्पतालको व्यवहारले दुःखी छन्। नवजात शिशुमा श्वासप्रश्वास समस्या देखिएपछि अस्पतालहरूले एक ठाउँबाट अर्को ठाउँमा रेफर गरिरहे। धनप्रसाद अस्पताल र चिकित्सकबाट पाएको सास्ती सुनाउन चाहँदैनन्। ‘सबै दुःख सुनाउँदा झन् अफ्ठेरो पो पर्ने हो कि’, डराई–डराई उनले भने, ‘छोरालाई कसैले नहेर्ने हो कि ? ’

साँझ जन्मिएको शिशुलाई राति एक बजे असजिलो भयो। चिकित्सकले श्वासप्रश्वास प्रक्रियामा अफ्ठेरो भएको भन्दै अन्यत्र लैजान रेफर गरे। त्यसपछि उपचारका लागि रकम जुटाउने कि जहाजको टिकट खोज्ने भन्ने संकट आइलाग्यो। धनप्रसादले एघार हजारभन्दा बढी खर्च गरी गोमा एयरलाइन्सबाट नेपालगन्ज राँझा विमानस्थल झारे। काठमाडौं लैजान जहाजको टिकट पाइएन। त्यसपछि उनले एम्बुलेन्सद्वारा झन्डै १२ किलोमिटर टाढाको कोहलपुर मेडिकल कलेजमा दौडाए। त्यहाँ एक दिन एक रात राखे। ‘यहाँ उपचार गर्न महँगो पर्छ, तपार्इंको आर्थिक अवस्था के छ ? ’ भन्दै चिकित्सकले प्रश्न गरेपछि उनी अन्यौलमा परे। अस्पताललाई दश हजार बुझाए।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ८ : ०६ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,