२०८३, १५ श्रावण शनिबार

पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुको ध्यानाकर्षण

पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुको ध्यानाकर्षण


काठमाडौं: विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ । विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।

विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजार भन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य बनाएको भन्दै अनेरास्ववियुले गम्भीर हुन आग्रह गरेको छ । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा गएको टोलीले तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण गराएको छ ।

पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लाका ३५ हजार ६ सय ७४ भन्दा बढी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर राज्यको लगानी माथि गम्भीर घात गरेको, अभिभावकका सपना कुल्चिने दुष्प्रयास गरेको र विद्यार्थीको भविष्यसँग खेलबाड गरेको अनेरास्ववियुले ठहर गरेको छ । ‘यसमा संलग्न जिम्मेवार, विषय समितिहरू, व्यक्तिहरू तथा संयन्त्रहरूको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ’, अनेरास्ववियुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । तत्काल पाठ्यपुस्तकमा भए, गरिएका कमजोरी सच्याउन र आवश्यक छानबिन गरी २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तक सच्याएर मात्रै प्रकाशित र वितरण गर्न अनेरास्ववियुले आग्रह गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले सरकारी डकुमेन्ट प्रतिको विश्वास टुटेको अनेरास्ववियुले जनाएको छ । २०७८ सालको जनगणनाको अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिनु गलत भएको अनेरास्ववियुले जनाएको छ । यी लगायत पाठ्यपुस्तक धेरै त्रुटि भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । ‘गलत पुस्तक पढ्नु पनि विषपान सरह हो’, अनेरास्ववियुले भनेको छ । महानिर्देशक श्रेष्ठले पाठ्यपुस्तकका कमजोरी सच्याउने बताउनुभयो । उहाँले शैक्षिक सत्र २०८२ मा कमजोरी सच्याएर पुस्तक आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८१, २३ कार्तिक शुक्रबार  ८ : १४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा