२०८३, ११ श्रावण मंगलबार

उत्तर कोरियाले पिपुल्स आर्मीलाई दियोः फायरको लागि तयारी अबस्थामा रहन निर्देशन

उत्तर कोरियाले पिपुल्स आर्मीलाई दियोः फायरको लागि तयारी अबस्थामा रहन निर्देशन


सियोलः कोरियाली प्रजातान्त्रिक गणतन्त्रका सशस्त्र सेनालाई फायर खोल्ने तयारी अबस्थामा रहन निर्देशन दिइएको छ । राज्य सञ्चालित मिडियाका अनुसार कोरियाली प्रायद्वीपमा बढ्दो तनावको बीचमा उत्तर कोरियाली हवाई क्षेत्रमा ड्रोन घुसपैठ गरिएपछि सेनालाई उक्त निर्देशन दिइएको हो ।
कोरियन पीपुल्स आर्मी (केपीए) को जनरल स्टाफले १२ अक्टोबरमा दक्षिणी सीमानामा रहेको संयुक्त तोपखाना इकाइहरूलाई प्रारम्भिक अपरेसन आदेश जारी गरेको थियो । केपीएले ती एकाइहरूलाई फायरको लागि पूर्ण रूपमा तयार हुनको लागि निर्देशन दिइएको कोरियाली रक्षा मन्त्रालयको एक बिज्ञप्तीमा उल्लेख गरिएको सेन्ट्रल न्यूज एजेन्सी केसिएनएले जनाएको छ ।
कोरियाली प्रायद्वीपमा गम्भिर टच र सैन्य तनाव व्याप्त छ किनभने दक्षिण कोरियाले उत्तर कोरियाको सार्वभौमसत्तामा ड्रोनको घुसपैठ गरेको बताइएको छ । विकसित परिस्थितिको कुनै पनि घटनाक्रमको सामना गर्नका लागि आफ्ना सैन्य इकाइहरूलाई तयारी गर्नुपर्ने आवश्यकतालाई जोडदिंदै उत्तरकोरियाले आगामी सशस्त्र द्वन्द्वको सम्भावनालाई नकार्न सकिँदैन भनेको छ । यो प्रकरणसँगै प्योङयाङमा वायुरोधी पर्यवेक्षण पोष्टहरूलाई बलियो बनाइएको छ ।
विदेश मन्त्रालयले भन्योः यसले पहिलेनैं निर्णय गरिसकेको छ कि दक्षिण कोरियाली सेना ड्रोन घुसपैठको शृंखला पछाडि छ । त्यसैले हाम्रो आकाशमा देखिने ड्रोनलाई कारबाही गरिनेछ, कुनै पनि ड्रोन देखिए त्यसलाई युद्धको घोषणा मानिन्छ ।
कोरियाली वर्कर्स पार्टी केन्द्रीय समितिका उप विभाग निर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै रिपब्लिक अफ कोरिया (आरओके) सेनाले हतासपूर्ण कार्य गर्नबाट अलग रहनु पर्छ र तत्काल अर्को देशको हवाई क्षेत्र उलंघन गर्ने उक्साहटको पुनरावृत्ति रोक्नको लागि ग्यारेन्टी गर्न रोज्नुपर्छ ।
यता दक्षिण कोरियाली सेनाले आरोप अस्वीकार गर्दै ड्रोन नपठाएको योनहाप समाचार एजेन्सीले संयुक्त चिफ अफ स्टाफलाई उद्धृत गर्दै भनेको छ ।

https://www.nknews.org/2024/10/north-korea-claims-south-korean-drone-scattered-leaflets-over-pyongyang/

प्रकाशित मिति : २०८१, २८ आश्विन सोमबार  ९ : ३१ बजे

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा