२०८३, ९ श्रावण आईतबार

११५ जना आन्दोलनकारीहरू पक्राउ

११५ जना आन्दोलनकारीहरू पक्राउ


भूपाल, भारत, २५ भदौ : भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको छ । पेट्रोलियम पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गरिएको आन्दोलनकारीको भनाई छ ।

प्रदेशका प्रहरी महानिरीक्षक मक्रान्द डेउस्करले सञ्चारमाध्यमहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “कानूनको कार्यान्वयन गराउने सिलसिलामा ११० देखि ११५ जनासम्मलाई पक्राउ गरिएको छ, पक्राउ पर्नेहरूको सङ्ख्या बढी हुन पनि सक्छ, उज्जैन, कात्नी र जावालपुरमा केही घटनाहरू पनि भएका छन्, जुन दर्ता पनि भएको छ ।”

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको थियो । त्यही सिलसिलामा मध्यप्रदेशमा बन्दको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

कँग्रेसले पेट्रोलियम पदार्थको मुल्यवृद्धि मात्रै नभई भारतीय रूपैयाँको मूल्य घटेको विरोधमा पनि विरोध कार्यक्रम आयोजना गरिएको बताएको छ । कँग्रेसका धेरै नेताले आन्दोलनमा सहभागी हुन आम नागरिक र व्यापारीहरूलाई पनि आह्वान गरेका थिए । प्रदर्शनकारीहरूले कतिपय पेट्रोल पम्प र अन्य व्यापारिक प्रतिष्ठानहरूमा तोडफोड पनि गरेका थिए ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ९ : ४८ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक