२०८२, १२ पुस शनिबार

यू–१९ क्रिकेट टोली भारत प्रस्थान

यू–१९ क्रिकेट टोली भारत प्रस्थान


काठमाडौँ, २५ भदौ: एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ टोली नेपाली क्रिकेट टोली आज भारतको लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को निमन्त्रणामा हुन लागेको प्रतियोगितामा खेल्न नेपाली टोली आज भारत प्रस्थान गरेको छ । नेपालले भारतका दुई टोलीसहित अफगानस्तानसँग खेल्नेछन् ।

आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले आगामी बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने बिहीबार भारतको १९ वर्ष मुनिको ए टिमसँग र भदौ ३१ गते अफगानस्तानसँग खेल्नेछ ।

नेपाली टोलीमा आशिफ शेख (कप्तान), तृतराज दास, ऋत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, रवी साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम छन् ।

नेपाली टोलीमा खेलाडीसँगै प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कटुवाल र टोली व्यवस्थापकमा शक्ति गौचन रहनुभएको राष्ट्रिय टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । प्रतियोगितामा चारवटै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ९ : १९ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको