२०८३, २५ आश्विन सोमबार

गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’

गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुलाई ज्ञान आदानप्रदानको अवसर दिएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती र शिक्षा आदान प्रदानसम्म हाम्रो सम्बन्ध फैलिएको छ । दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन समय समयमा दुई देशका उच्च स्तरिय भ्रमणहरु भईरहेको छ । आगामी दिनमा पनि यो शिलशिला अगाडि बढ्ने आशा गरेको छु । यो सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुको लागि लाभ दिनुको साथै ज्ञान आदानप्रदानको अवसर दिने छ । नेपालका सञ्चार माध्यमहरुबीच सहयोग आदानप्रदानलाई प्रवद्र्धन गर्ने र दुई देशका नागरिकबीचको मित्रतालाई थप प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना भइरहेको हुनाले यो आफंैमा एकदमै महत्वपूर्ण छ ।’

यस्तै, उनले  चीन सरकारले नेपाललाई जलविद्युत निर्माण, सडक पूर्वाधार निर्माण, भूकम्पपछिको पुननिर्माण, कर्मचारीको क्षमता विकास, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिको विकास र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर रुपमा सहयोग गरिरहेको पनि बताए । 

यसको साथै, उनले स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।

उनले भने, ‘कुनै पनि देशमा सन्तुलित विकास र सुशासन स्थापना गर्नका लागि सञ्चार माध्यमहरुले नियमित र सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । गलत सूचना, अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको छ । स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  ५ : ५३ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र