२०८३, ३१ असार बिहीबार

बौद्ध स्तूपमा ढल निर्माण गरिने

बौद्ध स्तूपमा ढल निर्माण गरिने


काठमाडौँ, २५ भदौ । काठमाडौँ महानगरपालिकाले बौद्ध स्तूप परिसरमा हुने डुवान नियन्त्रण गर्न करीब रु एक करोड २७ लाख खर्च गरेर ढल निर्माण गर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज बौद्ध स्तूप क्षेत्रको अवलोकन गर्दै स्तूप क्षेत्र डुबानमुक्त बनाइने आश्वासन दिनुभयो । गोकर्णेश्वर नगरपालिकाको जगडोल तथा रामहिटी वडा ८ र ९ बाट आउने भल बौद्धद्वार नजीकको खहरेमा पु¥याइने छ ।

अवलोकनपछि प्रमुख शाक्यले नयाँ बस्ती विकासका क्रममा तयार पारिएका संरचना र पुराना बस्तीका संरचनाको सन्तुलन नमिलेका यस्तो खालको समस्या नियमित भएकाले आगामी दिनमा नयाँ संरचना निर्माण गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अनुगमनमा सहभागी सांसद कृष्ण राईले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु जाने सडक दशैँ अगावै कालोपत्रे हुने बताउनुभयो । सो समस्या समाधानका लागि करीब ३०० मिटर दूरीमा भूमिगत ढल बिछ््याइने योजना रहेको वडाका इञ्जिनीयर शंखनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमन बौद्धद्वार, स्तूप परिसर, बौद्ध फूलबारी तथागत मार्ग, रामहिटी, धाराटोलमा गरिएको थियो । प्रमुख शाक्यसँगै महानगर प्रमुखका सल्लाहकार राजेन्द्र स्थापित, वडा नं ६ का वडाध्यक्ष दीपेन्द्र लामालगायत जनप्रतिनिधि र कर्मचारी बौद्ध स्तूप क्षेत्रको अनुगमनमा जानुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ६ : ३५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित