२०८३, १ कार्तिक आईतबार

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना


काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ । कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार  ६ : ५६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा