२०८३, २२ बैशाख बुधबार

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर


काठमाडौं । ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् ।

मंगलबार डिपलको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले उनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो । कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुको साथै डिपल एस ०७ को कीं ह्याण्डओभर समेत गरेको छ ।

सोही क्रममा उनले नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफू डिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुशी लागेको भन्दै डिपलले छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल भएको बताए ।

उनले भने, ‘मैले हस्ताक्षर गरेको पत्र एस ०७ हो । ७ भन्ने शब्द मेरो लागि व्यक्तिगत रुपमा पनि मेरो मनमा छ किनभने मैले ७७ नम्बर नेपालको लागि क्रिकेट खेल्दा लगाएको नम्बर हो । यसको साथै म सातौं क्याप्टेन पनि हो । यो ७ भन्ने शब्द मेरो जीवनमा धेरै तरिकाले जुरेको पनि छ । डिपलको यो समारोहमा एस ०७ गाडी र पूरै परिवारसँग नै जोडिन पाउँदा खुसी लागेको छ ।’ 

यो कार बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ भित्रबाट पनि उत्तिकै राम्रो भएको पनि उनको भनाई छ ।यसको साथै, उनले पछिल्लो समय नेपाली क्रिकेटलाई सबैले चिन्न सफल भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् । चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगानको उत्पादन डिपाल गत चैतमा मात्र नेपाल भित्रिएको हो । उत्कृष्ण पावर पिकअपसँगै आकर्षक लुक्स, लग्जरियस् फिचर्स र रेञ्जका कारण डिपल छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ।

प्रकाशित मिति : २०८१, ८ आश्विन मंगलबार  ९ : ५७ बजे

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका