२०८३, ४ बैशाख शनिबार

‘आर्थिक विकासको लागि बचतलाई प्रोत्साहन गर्न आवश्यक’ : अर्थमन्त्री पौडेल

‘आर्थिक विकासको लागि बचतलाई प्रोत्साहन गर्न आवश्यक’ : अर्थमन्त्री पौडेल


काठमाडौं । अर्थमन्त्रीविष्णु पौडेलले,आर्थिक विकासको लागिबचतलाई प्रोत्साहित र कर्जाको सहजपहुंच विस्तार गर्न आवश्यक रहेको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनमा बोल्दै उनले पर्याप्त धितो राख्नन सक्ने गरिब तथा विपन्नवर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी सार्वजनिक क्षेत्रको लगानीमा बचत तथाकर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलव्धि देखिएको बताएका हुन् ।

उनले भने,‘आर्थिक बिकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुंच विस्तार गर्नु आवश्यक एवम् अपरिहार्य हुन्छ। पर्याप्त धितो राख्नन सक्ने गरिब तथा विपन्नवर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सांवा व्याजफिर्ता हुने सुनिश्चतताको लागि कर्जा सुरक्षणको संस्थागत व्यवस्था गर्ने क्रममा सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलव्धि देखिएको छ।’
त्यस्तै उनले वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्वहुने बताए । बैंक तथा वित्तीय संस्था समस्या ग्रस्त हुनपुगेमा साना निक्षेपकर्ताको वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी थप विश्वसनीय बनाउन कोषको भूमिका महत्वपुर्ण रहने उनको भनाई छ ।
उनले भने,‘वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्वहुन्छ। कुनै कारणले बैंक तथावित्तीय संस्था समस्याग्रस्त हुनपुगेमा साना निक्षेपकर्ताको संभावित नोक्सानीबाट संरक्षण गर्न तथा वित्तियप्रणालीमा रहेको जोखिमन्यूनीकरण गरी यसलाई थप विश्वसनीय वनाउन कोषको भूमिका महत्वपुर्ण हुन्छ। वित्तियक्षेत्रको विकासको लागि वित्तिय पहुँच अभिबृद्धि, नविन वित्तिय उपकरणहरुको उपयोग, बचत तथाकर्जा विस्तार, सुरक्षणको संस्थागत तथा वित्तिय सुशासनको लागि प्रभावकारी नियमन जस्ता विषयमा पर्याप्त ध्यानदिन जरुरी छ।’

प्रकाशित मिति : २०८१, ४ आश्विन शुक्रबार  ८ : ३१ बजे

एमाले अध्यक्ष केपी शर्मा ओली २२ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल

काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील जलमार्ग पुनः आफ्नो नियन्त्रणमा आएको

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेस का निवर्तमान पदाधिकारी

सर्वोच्चको फैसलापछि खड्का पक्ष सक्रिय, आजै रणनीतिक छलफल

काठमाडौं । पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आफूनिकटका

चीनको ‘युथ पायोनियर प्रोग्राम’ : नेपाली जेन–जी युवातर्फ बढ्दो कूटनीतिक चासो

काठमाडौं । नेपालका जेन–जी युवालाई लक्षित गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले