२०८३, २३ असार बुधबार

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे

अमेरिकी राष्ट्रपति पुत्रले कर छलीका आरोप स्वीकारे


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हण्टर बाइडनले संघीय कर छलीका सबै नौं वटा आरोपमा दोष स्वीकार गरेका छन् । घटनाले संघीय अभियोजकहरूलाई चकित पारिदिएको छ । मुद्दा परीक्षणको तयारी भइरहेको छ ।
५४ वर्षीय हण्टर बाइडनले २०१६ देखि २०१९ सम्म १.४ मिलियन डलर कर नतिरेको आरोप लगाइएको थियो । उनले सुरुमा आरोपहरू स्वीकार गर्दै निर्दोष भएको बताउँदै आएका थिए ।

तीन महिना पहिले, हण्टर बाइडनलाई हतियार र मादक पदार्थ प्रयोगसँग सम्बन्धित आरोपहरूमा दोषी ठहराइएको थियो ।
जसका कारण उनी अमेरिकाको बहालवाला राष्ट्रपतिका पुत्रका रूपमा पहिलो पटक दोषी ठहरिएका थिए ।
लस एन्जलस अदालतमा बिहीबार अन्तिम समय उनी नैं वटा करछलीका आरोप स्वीकार गरेको बीबीसीले जनाएको छ ।
उनको मुद्दामा जूरी छनोटको प्रक्रिया सुरु हुन लागेको थियो । त्यसका लागि एकसय भन्दा बढी संभावित जूरी सदस्यहरूले प्यानल चयन प्रक्रिया सुरु गर्नको लागि जम्मा भएका थिए ।

बाइडनका वकिल अब्बे लोवेलले ‘व्यक्तिगत चासोको लागि’ परीक्षणबाट रोक्न चाहेको बताए । उनले यो घटना ‘ड्रगको लतका कारण’ पनि भएको बताए । जज मार्क स्कार्सीका अनुसार आरोप स्वीकार गरेपछि हण्टर बाइडनलाई १५ वर्षसम्मको जेल सजाय र पाँच लाखदेखि १० लाख डलरसम्म जरिवाना लाग्न सक्छ । अब फैसला १६ डिसेम्बरमा हुनेछ ।
राष्ट्रपति बाइडनले पहिला नै आफ्ना पुत्रलाई माफी दिने कार्यकारी शक्तिको उपयोग नगर्ने बताइसकेका थिए ।
साधारण कर अपराधको आरोपमा हण्टर बाइडनले अघिल्लो वर्ष डेलावेयरमा दोष स्वीकार गर्न सहमति जनाएका थिए ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : ३९ बजे

व्यवस्थापनबिनै सुकुमवासी विस्थापन ! मानवअधिकार आयोगको ढोका ढकढक्याउन बाध्य नागरिक

काठमाडौं। काठमाडौं उपत्यकाबाट हटाइएका सुकुमवासीहरू अन्ततः न्यायको खोजीमा राष्ट्रिय मानव

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै अवरुद्ध भएको

मेसी बचाउन रेफ्री प्रयोग ? अर्जेन्टिनाको जितपछि विश्वकपमा निष्पक्षतामाथि गम्भीर प्रश्न

काठमाडौं । अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमनभन्दा ठूलो बहस अहिले रेफ्रीको विवादास्पद

मधेस बाहेक ६ प्रदेशमा सरकार हेरफेरको तयारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको पूर्वसहमतिअनुसार

संविधान संशोधन बहसपत्र कार्यदलबाट तीन दल बाहिरिए

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलबाट