२०८३, ३१ भाद्र बिहीबार

भारतीय भूपू गोर्खाको पेन्सन रोकियो

भारतीय भूपू गोर्खाको पेन्सन रोकियो


काठमाडौं, भदौ २५ : काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ।

यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैकले किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ।कतिले त डेरा भाडा नै तिर्न नसक्ने अस्था छ। क्याम्पका
भारतीय अधिकिारीले भारत सरकारको नयाँ व्ययवस्था अनुसार पेन्सन वितरण हुन लागको छ।

‘अब हमी नयाँ व्यवस्थामा जादैँछौं जसअनुसार पेन्सन एकै पटक भुक्तानी हुनेछ र तीन–तीन महिनामा हुनेछ,’ काठमाडांै क्याम्पका प्रमुख समेत रहेका भारतीय दुतावासका सुरक्षा सल्लाहकार अविनेश चाम्बियलले भने, ‘अर्को फेरिएको नीति के छ भने हामी अब कसैलाई नगद पैैसा दिँदैनौं, सबैको पेन्सन सम्बन्धित बैक खातौ पठाइदिन्छौं।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : १८ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक