२०८३, १५ जेष्ठ शनिबार

काङ्ग्रेस नेता तारानाथ राना भाट भन्छन् ‘काङ्ग्रेसले बाटो बिरायो’ भावी यात्रा कष्टकर हुने भविष्यवाणी

काङ्ग्रेस नेता तारानाथ राना भाट भन्छन् ‘काङ्ग्रेसले बाटो बिरायो’ भावी यात्रा कष्टकर हुने भविष्यवाणी


काठमाडौँ, २४ भदौ पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताउनुभएको छ । उहाँले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गर्नुभयो ।

“काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन”, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले आज आयोजना गरेको कार्यक्रममा रानाभाटले भन्नुभयो, “काङ्ग्रेसले बिराएको बाटो छाडेर सही बाटो समात्नुपर्छ ।”

काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अबमूल्यन भएको गुनासो गर्नुभयो । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिङ्गो काङ्ग्रेसको भुल भएको नेता गुरुङको भनाइ छ ।

काङ्ग्रेस नेत्री तथा पूर्वमन्त्री लिला कोइरालाले नेपाली काङ्ग्रेसको नीतिले प्रजातन्त्र मात्र नभएर संविधान नै जारी भएको उल्लेख गर्दै त्यसको बचाउन पनि काङ्ग्रेसले नै गर्नेले अभियान चलाउनुपर्छ भन्नुभयो ।

बिपि विचार राष्ट्रिय समाजकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । एकले अर्कोलाई दोष देखाएर उम्कने प्रवृत्ति हाबी भएको भन्दै उहाँले बिपीको विचार र सिद्धान्तलाई मनन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ११ : २७ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण