२०८३, ५ जेष्ठ बुधबार

गौरापर्व विशेष समारोहमा नेताहरुविरुद्ध नाराबाजी, देउवा जंगिए

गौरापर्व विशेष समारोहमा नेताहरुविरुद्ध नाराबाजी, देउवा जंगिए


काठमाडौं । सोमबार सैनिक मन्च टुडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दैगर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए । आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’ प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए ।

यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए । नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए । देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो ।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्षेनी काठमाडौंमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ६ : ५२ बजे

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत

काठमाडौं । नेकपा एमाले ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४

सभामुखको अधिकार प्रयोगमाथि प्रश्न: एमाले सांसद राईको तीव्र आपत्ति, संसदमा नियमावली विवाद चर्कियो

काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राई ले सभामुखको