२०८२, २५ माघ आईतबार

‘बुद्धचित्त’ प्रकरण: राकेशले गरे सिन्धुली प्रहरी समक्ष आत्मसमर्पण

‘बुद्धचित्त’ प्रकरण: राकेशले गरे सिन्धुली प्रहरी समक्ष आत्मसमर्पण


सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिका – १ का होमबहादुर सुनुवारको घरमा रहेको  बुद्धचित लुट्ने काभ्रे तेमालका किरण भनिने राकेश लामाले सिन्धुली प्रहरीमा आत्म समर्पण गरेका छन् ।

होमबहादुर सुनुवारको बुद्धचितको रुख फिक्कल गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका शिव बराल मार्फत  काभ्रे तेमालका पुष्पलाल दोङ, राकेश तामाङ र दूतराज तामाङले वार्षिक ५ लाख रुपैयाँमा  ३ वर्षको लागि  १५ लाखमा करार सम्झौता गरेका थिए। उक्त  १५ लाखमा  करार सम्झौता गरेको रुख उनीहरूले काठमाडौँ ठमेलका माला व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री करार गरेका थिए । तर, बुद्ध चित्तको दाना टिप्ने समयमा आर्यन खतिवडालाई बिक्री गरिसकेको माला गत साउन १ गते राकेश र दूतराज तामाङ आफैले लुटेका थिए ।

आर्यन खतिवडाले आफूले खरिद गरेको बुद्ध चित्त लुटिएको भनेर मिडियामा आएपछि मात्रै घटना बाहिर आएको थियो । मिडियामा उनले प्रहरीको नै संलग्नतामा  माला लुटिएको प्रहरीले किटानी जाहेरी र उजुरी समेत लिन अस्वीकार गरेको बताएका थिए । फिक्कलबाट लुटिएको  ५० केजी बुद्धचितको माला  ८० लाख बिक्री गरिएको काभ्रेकै एक बुद्ध चित्त व्यापारीले नाम नबताउने सर्तमा बताएका थिए ।

चौतर्फी चर्चा र आलोचना भएपछि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  उक्त घटनाको किटानी जाहेरी साउन १६ गते मात्रै  दर्ता  गरेको थियो । सिन्धुली प्रहरीले जाहेरी दर्ता भएसँगै ३ जना लाई अनुसन्धानको लागि  पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि काभ्रे तेमालका राकेश तामाङ भदौ २ गते आइतबार सिन्धुली प्रहरी समक्ष हाजिरी भएका छन् । तामाङको  बुधवार जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रहरी प्रमुख एसपी काफ्लेका अनुसार , पक्राउ पुर्जी जारी भएका ३ जना मध्ये राकेश आफै प्रहरी कार्यालयमा हाजिर भएको र अन्य २ जना अझै फरार रहेको छन् ।  प्रारम्भिक अनुसन्धान हेर्दा अरू थुप्रै संलग्न पक्षहरू तानिने देखिन्छ उनले भने ।

त्यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष शिव बरालको समेत प्रत्यक्ष संलग्नता देखिएको र बद्धचित्त माला लुट्नको लागि गाउँपालिकाको सरकारी मोटरसाइकलहरू  प्रयोग गरिएको भनेर सामाजिक सञ्जालमा  चौतर्फी आलोचना भएको थियो । यस विषयमा जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  डम्बरबहादुर  रजनमगरलाई पटक-पटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् । 

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार  ९ : ३९ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय