२०८२, ७ पुस सोमबार

तर्सिएका पौडेललाई केही राहत

तर्सिएका पौडेललाई केही राहत


पूर्वगृहमन्त्री समेत रहेका सशक्त नेता गोविन्दराज जोशीले नै बागीमा उम्मेदवारी दिएपछि तनावमा परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही राहत मिलेको छ । जोशीको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयसँगै पौडेललाई राहत मिलेको हो ।

नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले तनहुँ एकबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका थिए ।  कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ एकका उम्मेदवार पौडेलले उजुरी दर्ता गराएपछि भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गरेको जनाएको छ ।

वामगठन्धनकै कारण तर्सिएका पौडेल सशक्त नेताले नै भागी उम्मेदवारी दिएपछि थप तनावमा परेका थिए ।  तनहुँ–१ मा बाम गठनबन्धनबाट एमालेका कृष्णकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । २०७० सालको निर्वाचनमा श्रेष्ठ तनहुँ २ बाट वरिष्ठ नेता पौडेलसँग पराजित भएका थिए । स्थानीय तहमा पाएको मतलाई आधार मान्दा बाम गठनबन्धनबाट साझा उम्मेदवारी दिएका श्रेष्ठ पनि सशक्त मानिन्छन् । जिल्लामा कांग्रेसको भन्दा वाम गठबन्धनको मत केही बढी रहेको छ ।

 

प्रकाशित मिति : २०७४, १९ कार्तिक आईतबार  १० : ०९ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको