२०८३, ३ भाद्र बिहीबार

तर्सिएका पौडेललाई केही राहत

तर्सिएका पौडेललाई केही राहत


पूर्वगृहमन्त्री समेत रहेका सशक्त नेता गोविन्दराज जोशीले नै बागीमा उम्मेदवारी दिएपछि तनावमा परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही राहत मिलेको छ । जोशीको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयसँगै पौडेललाई राहत मिलेको हो ।

नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले तनहुँ एकबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका थिए ।  कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ एकका उम्मेदवार पौडेलले उजुरी दर्ता गराएपछि भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गरेको जनाएको छ ।

वामगठन्धनकै कारण तर्सिएका पौडेल सशक्त नेताले नै भागी उम्मेदवारी दिएपछि थप तनावमा परेका थिए ।  तनहुँ–१ मा बाम गठनबन्धनबाट एमालेका कृष्णकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । २०७० सालको निर्वाचनमा श्रेष्ठ तनहुँ २ बाट वरिष्ठ नेता पौडेलसँग पराजित भएका थिए । स्थानीय तहमा पाएको मतलाई आधार मान्दा बाम गठनबन्धनबाट साझा उम्मेदवारी दिएका श्रेष्ठ पनि सशक्त मानिन्छन् । जिल्लामा कांग्रेसको भन्दा वाम गठबन्धनको मत केही बढी रहेको छ ।

 

प्रकाशित मिति : २०७४, १९ कार्तिक आईतबार  १० : ०९ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय