२०८३, १६ असार बुधबार

एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत 

एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत 


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा ९० वटा परियोजनाका लागि ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । साउनमा साना ५७ वटा उद्योग दर्ता भएका छन् भने २ वटा ठुला उद्योग छन् । सोही उद्योगका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट९एसपीए०, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट ९एसएसए० र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट ९टीटीए० क्षेत्रका लागि १७ वटा परियोजनका लागि लगानी स्वीकृत भएको छ। सो परियोजनामा ३१ करोड २० लाख १२ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । चालु आवको साउनमा मात्रै आएको वैदेशिक लगानी प्रतिवद्धता आएका उद्योगहरु संचालनमा आएपछि ३२३ जनाले रोजगार पाउने विभागले जनाएको छ ।

विभागका अनसार हालसम्म भने कुल ६ हजार ४९६ वटा परियोजना मार्फत ५ खर्ब २९ अर्ब १६ करोड २२ लाख ६७ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग मार्फत ३ लाख ३४ हजार ६२४ जनाले रोजगार पाउने विभागले जनाएको छ ।

साउनमा आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका छन् । पर्यटन क्षेत्रका ४० वटा उद्योग दर्ता भएका हुन् । विभागका अनुसार सेवा क्षेत्रमा १२ वटा, उत्पादनमा ३ वटा, सूचना प्रविधिमा २ वटा, कृषिमा २ वटा उद्योग दर्ता भएका हुन् ।

चालु आवको साउनमा रोयल्टी मार्फत भने झन्डै ५० करोड रुपैयाँ बाहिरिएको छ । नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले साउनमा ४९ करोड ९४ लाख ५७ हजार रुपैयाँ रोयल्टी लगानी हुन् । यस्तै, लाभांश बापत पनि २० करोड ३० लाख रुपैयाँ बाहिरिएको छ ।

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार  २ : ३७ बजे

फरेन्सिक क्षेत्रमा ‘कामचलाउ’ जनशक्ति स्वीकार्य छैन : मन्त्री महावीर पुन

काठमाडौं । महावीर पुन ले फरेन्सिक विज्ञानजस्तो संवेदनशील क्षेत्रमा ‘कामचलाउ’

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा

स्वर्णिम यात्राको उत्सव : नाडाले कोर्यो भविष्यको मार्गचित्र

– पावेल शाह शनिबार बिहान राजधानीका सडकमा एउटा असामान्य दृश्य

दीपबाट सुरु भएको ५० वर्षको उज्यालो: नाडाको स्वर्णिम यात्राको उत्सव

काठमाडौं । एउटा पित्तलको परम्परागत दीप। त्यसमा झुकेर बत्ती बालिरहेका