२०८१, २३ माघ बुधबार

बंगलादेशको सत्ता सेनाको हातमा, हसिना फेरि फर्किलिन् राजनीतिमा ?

बंगलादेशको सत्ता सेनाको हातमा, हसिना फेरि फर्किलिन् राजनीतिमा ?


काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत पलायन भएपछि त्यहाँको सत्ता सेनाको हातमा पुगेको छ । सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउँसो बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिंदै सुरक्षित स्थानमा गएको जानकारी गराउँदै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएकी हुन् । उनले भने, ‘प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनु भएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्ने छ ।’ कामचलाउ सरकारको नेतृत्व सेना प्रमुख जमानले आफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उनले केही बताएका छैनन् ।

बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रशारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् । ‘देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो’, वाकरले भने, ‘मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।’

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण ९कोटा० प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।

हसिना अब राजनीतिमा नफर्कने
पदबाट राजीनामा दिँदै देश छाडेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नफर्कने भएकी छन् । देशव्यापी आन्दोलन हिंसात्मक बनेपछि सोमबार देश छाडेकी उनी भारत हुँदै बेलायत९लण्डन० जाने तयारीमा छिन् ।

बीबीसीसँग कुरा गर्दै उनका छोरा सजिब वाजेद जोयले देशका लागि लामो समय संघर्ष गरे पनि आरक्षणसम्बन्धी विषयलाई लिएर देशव्यापी आन्दोलन भएकोमा हसिनाले दुःख व्यक्त गरेकी थिइन् । पारिवारिक सल्लाह अनुसार नै हसिनाले देश छाडेको जानकारी दिँदै जोयले आन्दोलन थप चर्किएपछि सत्ता छाड्ने मनस्थितिमा पुगेको उल्लेख गरे । १५ वर्षअघि सत्तामा पुग्दा गरिब देशको सूचीमा रहेको बङ्गलादेशलाई विश्वसामु चिनाउन हसिनाले गरेको योगदान भुल्न नहुने बताउँदै जोएले बंगलादेश अहिले समृद्ध उन्मुख देशको सूचीमा रहेको दाबी गरे ।

पूर्व प्रधानमन्त्री हसिनाका आधिकारिक सल्लाहकार समेत रहेका जोयले आन्दोलन दबाउन सरकारले कुनै बल प्रयोग नगरेको दाबी गर्दै भने, ‘तपाईंले हिजो मात्र भीडले १३ सुरक्षाकर्मीलाई निर्घात कुटपिट गरेको देख्नु भएको छ । त्यसो भए भीडले मानिसहरूलाई कुटपिट गर्दा पुलिसले के गर्ने अपेक्षा गर्नुहुन्छ रु’

प्रकाशित मिति : २०८१, २१ श्रावण सोमबार  ८ : ४१ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव