२०८३, १२ आश्विन मंगलबार

विधेयकहरुलाई समितिबाट चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन

विधेयकहरुलाई समितिबाट चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन


काठमाडौं । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनमा लैजान निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबीचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिएका हुन् । उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पु¥याउ भन्ने निर्देशन दिएको छ ।’


यस्तै, उनले छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताए । छलफलमा लगातार संसदको बैठक बसेपछि समितिको बैठक बस्न गारो हुने हुदाँ एकदिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझाव पनि आएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार  ६ : ३६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय