२०८३, ३१ बैशाख शुक्रबार

प्रभु बैंकको जोड, बागलुङमा एकैदिन ४ वटा शाखा संचालनमा ल्यायो

प्रभु बैंकको जोड, बागलुङमा एकैदिन ४ वटा शाखा संचालनमा ल्यायो


काठमाडौं । प्रभु बैंकले एकैदिन चार वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार बागलुङमा चार वटा शाखा खोली बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं ७, भिमगिठे शाखा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका छन् । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको उक्त अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१३ शाखा कार्यालयहरु छन् ।

यस्तै, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : ५३ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि