२०८३, २६ आश्विन मंगलबार

ग्लोबल आईएमई बैंक इशान बाल तथा महिला अस्पतालबीच सम्झौता उपचारमा १० प्रतिशतसम्म छुट

ग्लोबल आईएमई बैंक इशान बाल तथा महिला अस्पतालबीच सम्झौता उपचारमा १० प्रतिशतसम्म छुट


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन्। उक्त अवसरमा अस्पतालका निर्देशक प्रा। डा। रामनन्दन पी। चौधरीको विशेष उपस्थिति रहेको थियो।

यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिटरक्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप ९ग्लोबल स्मार्ट प्लस० प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ।

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ।पी।डी लगायतका सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। ‘यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ’ इशान अस्पतालका निर्देशक प्रोे।डा। रामनन्दन पि। चौधरीले भन्नुभयो।

चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पार्नुभयो। यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले, ‘इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने’ विश्वास बैंकले लिएको जानकारी दिनुभयो।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ। ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

प्रकाशित मिति : २०८१, ६ श्रावण आईतबार  ११ : ०५ बजे

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस 

शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन

बाढी-पहिरोले सडक सञ्जाल अस्तव्यस्त, गोरखा-धादिङ सडक पूर्ण ठप्प

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका

अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुन विदेशी मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर