२०८३, १६ जेष्ठ आईतबार

सहुलियत ऋण वृद्धि गर्नुपर्छ : मन्त्री खनाल

सहुलियत ऋण वृद्धि गर्नुपर्छ : मन्त्री खनाल


भक्तपुर, २३ भदौ: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले कृषिमा लागेकाको उत्पादनमा वृद्धि गर्न आर्थिक अनुदान र सहुलियत ऋणमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित आरम्भ कृषि सहकारी संस्थाको आठाँै साधारणसभा तथा तीज कार्यक्रममा उहाँले यसका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभएको हो ।

“नेपाल कृषि प्रधान देश हो, अझै पनि नेपालमा ६६ प्रतिशत जनता कृषिमा निर्भर छन्”, मन्त्री खनालले भन्नुभयो, “यस्तो अवस्थामा कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा लागेका किसान र कृषि सहकारीलाई सरकारको अनुदान र सहुलियत ऋण सहजरूपमा उपलब्ध गराउनु आवश्यक छ ।” कृषि र सहकारी मन्त्रालयबाट कृषक एवं कृषि सहकारीका लागि जाने अनुदानको पहुँचसमेत वृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषि उत्पादनमा लागेको संस्थाको पहिचानसहित अनुदान दिनेबारे मन्त्रालयले कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले कृषकले गरेका उत्पादनले सहजरूपमा बजार नपाउने र उचित मूल्य नपाउँदा कृषक मारमा परेको भनाइ राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले कृषि सहकारी छायाँमा पर्दै आएको सन्दर्भ कोट्याउँदै कृषि उत्पादनमा वृद्धि गर्न र कृषकलाई प्रोत्साहन गर्नका लागि सरकारले कृषि सहकारीको स्तर उठाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा जिल्ला सहकारी सङ्घका अध्यक्ष महेश श्रेष्ठ, कृषि सहकारी सङ्घका अध्यक्ष शनिष लागेजू, आरम्भ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष उत्तम सापकोटा, संस्थाका सचिव जगन्नाथ डुम्रेलगायतले कृषि सहकारीको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट व्यवसायी बलराम सिबन्जार, ज्येष्ठ नागरिक आरती थापा, असल बचतकर्ता बिकुलाल मानन्धर, उत्कृष्ट समूह डोलेश्वर सामाजिक परिवार, असल ऋणी कैले तामाङलाई स्म्मान गरिएको थियो । संस्थाका अध्यक्ष महेश थापाले संस्थाको शेयर पूँजी रु ५३ लाख २५ हजार ८००, निक्षेप सङ्कलन रु ६५ लाख ८९ हजार ४८, ऋण प्रवाह रु ६६ लाख ४५ हजार २७१ रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ९ : ४६ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण