२०८३, २२ आश्विन शुक्रबार

एमाले सिन्धुलीको पालिका अधिवेशन भोलीबाट शुरु, सर्वसम्मत छानिए सबै पालिकाका प्रतिनिधीहरु

एमाले सिन्धुलीको पालिका अधिवेशन भोलीबाट शुरु, सर्वसम्मत छानिए सबै पालिकाका प्रतिनिधीहरु


सिन्धुली: नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ । यसै क्रममा हिजो साँझसम्म सिन्धुलीका ८ वटा पालिका अधिवेशन प्रतिनिधी छनोट भइसकेको थाहा लागेको छ ।
गएको चैत २८ र २९ गते सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै केन्द्रीय योजना अनुसार ९ वटै पालिका अधिवेशन सम्पन्न गराउन जुटेको हो ।
एमाले सिन्धुलीका सचिव नवराज थिङका अनुसार जेठ १५ भित्र सबै पालिका कमिटीको अधिवेशन सम्पन्न गर्नेगरी पार्टीले योजना अगाडि बढाएकाले पनि सिन्धुलीका सबै पालिकाले अधिवेशन सम्पन्न गर्न प्रतिनिधी सर्वसम्मत रुपमा चयन गरेको हो ।
सचिव थिङका अनुसार मरिण गाउँपालिकाको आउँदो जेठ ७ गते, गोलन्जोर गाउँपालिकाको जेठ ८ र ९ गते, तीनपाटन गाउँपालिका ११ र १२ गते, फिक्कल गाउँपालिकाको जेठ १३ र १४ गते, सुनकोशी गाउँपालिकाको जेठ १२ गते, कमलामाई नगरपालिकाको जेठ १५ र १६ गते, दुधौली नगरपालिकाको जेठ १४ र १५ गते र हरिहरपुरगढीको जेठ ११ गते पालिका अधिवेशन गर्ने टुंगो लागिसकेको छ ।
दसबैभन्दा पहिला बैशाख मसान्तमै मरिण गाउँ पालिका कमिटीले सम्पूर्ण सदस्यहरूको सदस्यता नविकरण गर्दै प्रतिनिधि छनौट गरेको थियो भने गोलन्जोर र हरिहरपुरगढी गाउँ पालिका कमिटीले जेठ ३ गते र कमलामाई नगरपालिका , दुधौली नगरपालिका , फिक्कल गाउँ पालिका , तीनपाटन गाउँ पालिका र सुनकोसी गाउँ पालिका कमिटीहरूले पनि मनोनित र जनसंगठन वाहेक प्रतिनिधि छनौटको कार्य सम्पन्न गरेका छन् । घ्याङलेख गाउँ पालिकाको भने सम्पूर्ण सदस्यहरू प्रतिनिधि हुने एमाले सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ६ जेष्ठ आईतबार  ११ : ११ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य