२०८३, ७ कार्तिक शनिबार

१ करोड ८२ लाख बराबरको नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

१ करोड ८२ लाख बराबरको नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


काठमाण्डौ । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट हिजो बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए । भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको एसपी रेग्मीले बताए । प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडी रोकेको थियो । शङ्कास्पद अवस्थाको स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको हो ।

एसपी रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने सुनसरी प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : २०८०, २९ माघ सोमबार  ११ : २६ बजे

आजको मौसम : चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप