२०८२, २९ चैत्र सोमबार

थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला

थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला


काठमाण्डौ । थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला परेको छ । सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई दिएको अन्तरवार्तामा एक करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग क्षेत्रको बीचमा फैलिएको जानकारी दिनुभएको छ ।

फेला पारेका स्रोतबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेको र यसमा समय लाग्ने उहाँको भनाइ छ । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने ब्याट्रीहरूको निर्माणका लागि प्रमुख तत्व हो ।

अबका दिनमा विद्युतीय गाडी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने थाइल्यान्डको लक्ष्यलाई यसले प्रवर्द्धन गर्ने अपेक्षा छ । पछिल्लो खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ । तर यसलाई व्यावसायिकरूपमा कति क्षमतामा प्रयोग गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : १८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४