२०८३, २० जेष्ठ बिहीबार

रामेछापको गोकुलगंगामा ९० टन किवी उत्पादन

रामेछापको गोकुलगंगामा ९० टन किवी उत्पादन


रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा यपसटक ९० टन किवी उत्पादन भएको छ । उत्पादितमध्ये स्थानीय तहले वितरण गरेको बिरुवाबाट मात्रै ५० टन बढी उत्पादन भएको गाउँपालिकाका पूर्व अध्यक्ष खड्ग सुनुवारले बताए । बाँकी ४० टन भने व्यक्तिगत लगानीमा सञ्चालन गरिएका फार्मबाट उत्पादन भएको हो

स्थानीय सरकारले कृषि क्षेत्रमा गरेको लगानी रामेछापमा देखिन थालेको जनप्रतिनिधिहरुले बताएका छन् । गोकुलगंगामा गाउँपालिका कार्यालयले फलफूलको व्यावसायिक उत्पादन बढाउने योजना कार्यान्वयन गरेको छ ।
खड्ग सुनुवार नेतृत्वको पहिलो स्थानीय सरकारले कृषिमा व्यवसायीकरणका लागि अनुदानमा ठूलो परिमाणमा फलफूलका बिरुवा वितरण गरेको थियो । तिनै बिरुवाले उत्पादन दिन लागेपछि योजना कार्यान्वयन सहज भएको छ ।
आफू गाउँपालिका अध्यक्ष हुँदा किवीका मात्रै ४० हजार बिरुवा वितरण गरेको सुनुवार बताउँछन् । आफैं पनि अगुवा किसान रहेका उनले भने, ‘किवीका लागि हाम्रो गाउँपालिकाको हावापानी उपयुक्त छ । त्यसैले व्यावसायिक खेतीको लागि बिरुवा वितरण गरेका थियौं, अब उत्पादन दिन थाल्यो ।’
गोकुलगंगा गाउँपालिकामा सुनुवारकै पालामा किवीका साथै आलु जोन कार्यक्रम पनि सुरु भएको थियो । परम्परागत रूपमा आलु खेती हुँदै आएकोमा परियोजना सुरु भएपछि उन्नत जातको बिउ र प्राविधिक सहयोगले आलुको उत्पादन समेत वृद्धि भएको छ ।
स्थानीय किसानको उपज संकलन गरी काठमाडौंसम्म बिक्रीका लागि लैजाने व्यवस्था समेत पूर्वअध्यक्ष सुनुवारले मिलाएका छन् । भक्तपुरमा सटर नै राखेर स्थानीयका उत्पादन संकलन गरेर सुनुवारले बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८०, १८ पुस बुधबार  ४ : ५६ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल