२०८३, ८ बैशाख बुधबार

दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार

दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार


काठमाडौं । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे–म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए ।

मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा चक्कु प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइए अनुसार अस्पताल पुर्‍याउँदासम्म उनी होसमै थिए । ली हाल दक्षिण कोरियाको संसद सदस्य छैनन् ।

उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् । उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो । एजेन्सी

प्रकाशित मिति : २०८०, १७ पुस मंगलबार  २ : १४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले