२०८१, २३ माघ बुधबार

तिहारमा पनि चिनीको अभाव हुनसक्ने

तिहारमा पनि चिनीको अभाव हुनसक्ने


काठमाण्डौ । यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्ने निर्णय गरेकोमा खरिद गर्न असफल भए पछि तिहारमा पनि अभाव हुने भएको हो ।

कर्पोरेसन र खाद्य कम्पनीले दसैँ अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो एक सय ४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ । त्यसमा पनि भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ । अब सरकारको उच्च तहबाट पहल गरेर कुनै उपाय नखोजिएमा मन्त्रालयको तर्फबाट चिनी ल्याउन सक्ने अवस्था नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

बजारमा अहिले चोरी बाटोबाट ल्याएको चिनी प्रतिकिलो एक सय ५० देखि एक सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । तर धेरैजसो खुद्रा पसलमा चिनी पाइँदैन । सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी काठमाण्डौ उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रति ग्राहक दुई किलोका दरले बिक्री गरिरहेको छ ।

सरकारले चाडपर्वमा बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पोरेसनमार्फत भन्सार छुटमा चिनी आयात गर्दै आएको थियो । तर बितेका दुई वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएन । यो वर्ष पनि अर्थले ढिला गरी स्वीकृति दिएपछि ग्लोबल टेन्डर गर्दा चर्को मूल्यको टेण्डर परेको हो ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  १० : ३४ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव