२०८३, ३१ भाद्र बिहीबार

नेपालमै डाक्टरी पढेका अब्बल

नेपालमै डाक्टरी पढेका अब्बल


काठमाडौं, भदौ २२ : नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्। परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी पास भएका छन्। काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर पास गरेका पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । तीमध्ये दुई सय १२ जना फेल भएका थिए।

सन् २०१७ को परीक्षामा एक हजार चार सय ८१ जना स्नातकोत्तर डाक्टर सहभागी थिए । तीमध्ये पाँच सय २० जना फेल भएका थिए । त्यस्तै सन् २०१८ मा ६ सय ८७ जना डाक्टरले परीक्षा दिँदा दुई सय ६६ जना फेल भएका छन्।सन् २०१६ मा तीन हजार तीन सय नौजना एमबिबिएस डाक्टर लाइसेन्स परीक्षामा सहभागी थिए। तीमध्ये एक हजार एक सय पाँचजना फेल भएका थिए। सन् २०१७ मा परीक्षामा सहभागी दुई हजार ३८ जनामध्ये आठ सय ५५ जना फेल भएका थिए।

सन् २०१८ मा एक हजार ६ सय ५० जना एमबिबिएसले लाइसेन्स परीक्षामा सहभागी जनाएकामा चार सय २४ जना फेल भएका छन्। एकपटक लाइसेन्स परीक्षामा फेल भएका डाक्टर दोहो-याएर परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ। डाक्टरी पढेका विद्यार्थीले काउन्सिलको परीक्षा पास नगरेसम्म नेपालमा चिकित्सा क्षेत्रमा काम गर्नु अवैध मानिन्छ।
– नागरिक दैनिक

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : २१ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक