२०८२, ३० चैत्र मंगलबार

इजरायलद्वारा युद्ध विराम गर्न अस्वीकार

इजरायलद्वारा युद्ध विराम गर्न अस्वीकार


काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्धमा युद्धविराम गर्न अस्वीकार गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उहाँले अहिले युद्धको समय रहेको बताउनुभएको छ । उहाँले जसरी सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिका युद्धविरामको लागि तयार भएको थिएन अहिले इजरायलको अवस्था पनि उस्तै रहेको बताउनुभयो ।

प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म आठ हजार तीन सय ६ जनाको ज्यान गइसकेको छ ।

गाजामा ज्यान गुमाउनेमध्ये तीन हजार तीन सय २४ जना बालबालिका रहेका छन् । इजरायतर्फ एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । इजरायलले स्थलगत कारबाही बढाएपछि गाजा क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ ।

प्रकाशित मिति : २०८०, १४ कार्तिक मंगलबार  १० : ३६ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४