२०८३, ९ श्रावण आईतबार

हङकङ सस्तैमा समेटियो, नेपाललाई ९५ रनको लक्ष्य

हङकङ सस्तैमा समेटियो, नेपाललाई ९५ रनको लक्ष्य


काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ दशमलव ३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

पहिला ब्याटिङ गर्ने क्रममा हङकङको शुरुवात खराब रह्यो । १४ रन जोड्दा उसले महत्वपूर्ण चार विकेट गुमाइ सकेको थियो । हङकङका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुवैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २र२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

प्रकाशित मिति : २०८०, २ कार्तिक बिहीबार  १ : ०५ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा