२०८३, २६ आश्विन मंगलबार

अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान


काठमाण्डौ । गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको दाबी गरेको हो । तर, इजरायलले यो दाबीको खण्डन गरेको छ ।

अस्पतालमा आफूले आक्रमण नगरेको बताएको इजरायलले हमासलाई आरोप लगाएको छ । हमासले प्रहार गरेको रकेट असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलले दाबी गरेको बीबीसीले जनाएको छ । हमासले यो घटनालाई युद्ध अपराध भनेको छ ।

यो अस्पतालमा सयौँ बिरामी, घाइते र विस्थापितहरु बस्दै आएका थिए । विस्फोट पछि उनिहरुमध्ये सयौँ व्यक्ति अस्पतालको भग्नावशेषमा पुरिएका जनाइएको छ । अस्पतालका अनुसार त्यहाँ झण्डै चार हजार जनाले शरण लिएका थिए ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ ।

प्रकाशित मिति : २०८०, १ कार्तिक बुधबार  १० : ५९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल