२०८३, ९ श्रावण आईतबार

लेबनानमा भएको मिसाइल आक्रमणमा रोयटर्सका एक पत्रकार मारिएको पुष्टि, ६ जना पत्रकार घाइते

लेबनानमा भएको मिसाइल आक्रमणमा रोयटर्सका एक पत्रकार मारिएको पुष्टि, ६ जना पत्रकार घाइते


काठमाडौं । लेबनानमा भएको मिसाइल आक्रमणमा समाचार संस्था रोयटर्सका एक भिडियो पत्रकारको ज्यान गएको छ ।

रोयटर्सले एक विज्ञप्तिमार्फत् इसाम अब्दुल्लाह नामका पत्रकारको ज्यान गएको पुष्टि गरेको छ । साथै अरु ६ जना पत्रकार घाइते भएका छन् ।

रोयटर्सका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा
रिपोर्टिङमा थिए ।

इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एक अर्कालाई आक्रमण गरिरहेका छन् । लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायल दोषी रहेको आरोप लगाएका छन् । इजरायलको रक्षा बलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  २ : २५ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक