२०८२, १६ माघ शुक्रबार

वडा अध्यक्ष रामकाजीको नेतृत्वमा धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई

वडा अध्यक्ष रामकाजीको नेतृत्वमा धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई


पलाञ्चोक । वडा दशैँ नजिकिएसंगै काभ्रेको पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पवित्र धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

वडाअध्यक्ष रामकाजी श्रेष्ठ नेतसत्वमा दशैँको तयारी स्वरुप पलाञ्चोक भगवती मन्दिर परिसरमा सरसफाई गरिएको हो । दशैंको घटस्थापनादखि फुलपाती, महाअष्टमी र महानवमीका दिन मन्दिरमा भक्तजनहरुको भिड हुने भएकाले मन्दिर परिसर सरसफाई गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार मन्दिरको सरसफाईको आयोजना कालिका युवा क्लवले गरेको थियो भने वडा कार्यालयले समन्वय र सहयोग गरेको थियो ।

पलाञ्चोक मन्दिर परिसरसंगै कालिका देवि मन्दिर परिसर र देउता घर (देवक्षे) वरपर सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पलाञ्चोक, स्थानीय बासिन्दा र वडा कार्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  ५ : २३ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको