२०८२, २४ चैत्र बुधबार

यातायात व्यवस्थाका तीन कर्मचारी विरुद्ध अख्तियारमा

यातायात व्यवस्थाका तीन कर्मचारी विरुद्ध अख्तियारमा


काठमाडौँ, २१ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तीनजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगकाअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

श्रेष्ठ र गोइतले ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रु १६ हजार घुसवापत लिएको तथ्यफेला परेपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

सहलेखापाल गोइत र श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेकाले बिगो रु १६ हजार सोही बमोजिम जरिवाना र कैद सजाय माग गर्दै आरोपपत्र दाय गरिएको छ ।

यसैगरी आयोगले आजै इटहरी उपमहानगरपालिका–१० का वडासचिव विदुर रेग्मीविरुद्ध आयोगमा आरोपपत्र दायर गरेको छ । होटल दर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग रु १३ हजार घुसवापतको लिएको अनुसन्धानका क्रममा खुलेकाले उनीविरु बिगो रु १३ हजार, सोहीबमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ०७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि