२०८१, २३ माघ बुधबार

काभ्रेको नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

काभ्रेको नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

१४ भूमिहीन दलित, ७० भूमिहीन सुकुम्बासी र ९ सय ७८ जना अव्यवस्थित बसोबासीको निवेदन


भकुण्डेवेशी । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल समेतको सहभागितामा बसेको व्यवस्थापन सहजिकरण समितिको बैठकले व्यवस्थापनका काम अघि बढाएको हो । नगरपालिकाले यसअघि सबै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिसकेको छ । ३५ दिनको म्याद दिएर संकलित आवेदन रुजु भइरहेको छ । १४ भूमिहीन दलित, ७० भूमिहीन सुकुम्बासी र ९ सय ७८ जना अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ । अझै छुट भएको हुन सक्ने भन्दै समितिले पुन सूचना प्रकाशनको लागि आयोगलाई अनुरोध गर्ने बताए ।

बैठकमा नगर प्रमुख कुनसाङ लामाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रचलित कानून र नियम अनुसार जग्गा उपलव्ध गराउने प्रशंसनीय भएको भन्दै यसले सरकारलाई समेत फाइदा पुग्ने बताए । नगर उपप्रमुख रत्नबहादुर लामाले गहिरो अध्ययन गरेर मात्रै यसबारे निर्णय लिनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष मिण्डु लामाले जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासीसंग कागजपत्र नभएको भन्दै निश्चित मापदण्ड बनाएर निर्णय गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुष्कर न्यौपानेले सरकारले सही नियतले व्यवस्थापन गर्न खोजेपनि भूमाफियासहरु सकृय हुनु सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । वडा नं २ का अध्यक्ष कबिराज श्रेष्ठले निवेदन दिन धेरै छुट भएको भन्दै पुन अवसर दिनुपर्ने बताए ।

वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले अव्यवस्थित बसोबासीलाई जग्गा दिन एउटा मापदण्ड बनाउनुपर्ने बताए । वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले व्यवहारिक पक्ष पनि हेरिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ५ : २९ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव