२०८३, ९ श्रावण आईतबार

अपायक ठाउँमा नियुक्ति दिएको भन्दै पोखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

अपायक ठाउँमा नियुक्ति दिएको भन्दै पोखरामा दृष्टिविहीन शिक्षिका अनसनमा


काठमाडौं । पोखरामा एक दृष्टिविहीन शिक्षिका अपायक ठाउँमा नियुक्ति दिएको भन्दै आमरण अनसनमा बस्नुभएको छ ।

पोखरा-१ बगरमा रहेको शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीको परिसरमा दृष्टिविहीन शोभा पौडेल हिजो आइतवारदेखि अनसन बस्नु भएको हो ।

लमजुङको दोर्जी गाउँपालिकाको बालकल्याण माविमा नियुक्ति रहेको तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालय जान आउन निक्कै समस्या भएको उहाँले बताउनु भयो । उहाँले गएको वर्षअघि शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्नु भएको हो ।

उहाँले पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी रोजगारीको सुनिश्चित हुनुपर्ने माग राख्नुभएको छ । उहाँले १५ वर्षदेखि पोखराको राष्ट्रिय माविमा पढाउँदै आउनु भएको थियो । आफ्नो परिवारका अन्य सदस्यमा पनि अपाङ्गता भएका कारण आफूलाई झन् समस्या भएको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : ०४ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक