२०८३, ३० असार बुधबार

गाडी किन्नेलाई ग्लोबल आइएमईले दियो धेरै ऋण नबिल र कुमारी पनि अगाडि, कसले कति दिए

गाडी किन्नेलाई ग्लोबल आइएमईले दियो धेरै ऋण नबिल र कुमारी पनि अगाडि, कसले कति दिए


काठमाडौं । गाडी किन्नेलाई सबैभन्दा धेरै ऋण ग्लोबल आइएमई बैंकले दिएको छ । बैंकले एक महिनाको अवधिमा नै साढे १३ अर्ब बढी सवारी कर्जा हायर पर्चेज लोन प्रवाह गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनमा संचालनमा रहेका २० वटा वाणिज्य बैंकले सवारी कर्जा तर्फ कुल १ खर्ब ११ अर्ब ७३ करोड १३ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । सोमध्ये ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै देखिएको हो । गत साउनमा मात्रै ग्लोबल आइएमईले गाडी किन्नेलाई १३ अर्ब ६३ करोड २४ लाख रुपैयाँ कर्जा दिएको छ ।

यस्तै, दोस्रो नम्वरमा नबिल बैंक देखिएको छ । बैंकले गत साउनमा गाडी किन्नेलाई ८ अर्ब २६ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको हो । गत आवको सोही महिनामा पनि बैंकले ८ अर्ब बढी नै सवारी कर्जा दिएको थियो ।

साउनमा धेरै कर्जा दिनेको तेस्रो सूचीमा भने कुमारी बैंक देखिएको छ । कुमारीले गाडी किन्नेहरुलाई ८ अर्ब १ करोड १४ लाख रुपैयाँ ऋण दिएको छ । सवारी कर्जा दिन प्रभु बैंक पनि अगाडि नै देखिएको छ । एक महिनामै प्रभुले पनि ७ अर्ब २ करोड ३१ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेको छ । यता, हिमालयन बैंकले पनि ७ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।

गत वर्षको सोही अवधीको तुलनामा अधिकांश बैंकहरुको सवारी कर्जा घटेको छ । तर, एभरेष्ट बैंकले भने बढाएको छ । गत वर्षको साउनको तुलनामा एभरेष्टले सवारी कर्जा १९।९३ प्रतिशतले बढाएको छ । बैंकले एक महिनामै ३ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ गाडी किन्नेलाई ऋण दिएको हो ।

यस्तै, गत साउनमा गाडी किन्नेका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ९४ करोड ७६ लाख, प्राइमले ५ अर्ब ८७ करोड ५५ लाख, एनएमबिले ५ अर्ब ६६ करोड ८३ लाख, एनआइसी एशियाले ५ अर्ब ६० करोड ९५ लाख र माछापुच्छ्रे बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

त्यसैगरि लक्ष्मी सनराइज बैंकले पनि ४ अर्ब ७५ करोड ११ लाख, सिद्धार्थ बैंकले ४ अर्ब ७८ करोड ८३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ८६ करोड ४१ लाख, सिटिजनले ४ अर्ब ५० करोड ५९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ७१ लाख, नेपाल एसबिआईले २ अर्ब २२ करोड ५ लाख, कृषि विकासले २ अर्ब ८० करोड ५३ लाख रुपैयाँ सवारी कर्जा दिएका छन्।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : ०० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै