२०८३, १७ जेष्ठ सोमबार

अनमोल केसीलाई अदालत उपस्थित गराइँदै

अनमोल केसीलाई अदालत उपस्थित गराइँदै


काठमाडौ । अभिनेता अनमोल केसीलाई प्रहरीले अदालतमा उपस्थित गराउन लागेको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

आज उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदै छ । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार पक्राउ गरेको थियो ।

केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए । तर, देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिएपनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  १ : २३ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित