२०८३, १२ आश्विन मंगलबार

रोशीमा रेविज बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप अभियान शुरु

रोशीमा रेविज बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप अभियान शुरु


रोशी । १७ औँ विश्व रेविज दिवस २०८० को अवसर पारेर रोशी गाउँपालिकाले सप्ताहव्यापी रेविज विरुद्धको निःशुल्क खोप अभियान शुरु गरेको छ ।
बुधबारदेखि रोशी गाउँपालिकाले सप्ताहव्यापी रुपमा रेविज विरुद्धको खोप अभियान शुरु गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । रेविजको जोखिम बढेकाले सप्ताहव्यापी खोप अभियान शुरु गरेको लामाले बताए । यो अभियानमा कुकुर र बिरालेलाई रेविज बिरुद्धको खोप लगाउदा रेविज न्युनिकरण हुने विश्वास लिएको लामाको भनाई छ ।
गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार खोप अभियान शुरु गरेको पशु सेवा शाखाका प्रमुख रघुनी साहले जानकारी दिए ।

अभियानमा ६ सय कुकुर र विरालोलाई ६ सय डोज भ्याक्सीन लगाउने लक्ष राखेको साहले जानकारी दिए । एक वडामा ५ वटा कुकुर र विरालोलाई भ्याक्सीन लगाउने अनुमान भएपनि अपुग भएमा फेरी थप्ने साहले बताए । साहका अनुसार वडा नं. ७ मा १० गते, वडा नं. १ र २ मा असोज १२ गते, वडा नं. ३ मा १४ गते, वडा नं. ४ मा १५ गते, वडा नं. ५ मा १६ गते, वडा नं. ६ मा १७ गते, वडा नं. ८ मा १८ गते, वडा नं. ९ मा १९ गते, वडा नं. १० मा २१ गते, वडा नं. ११ मा २२ गते र वडा नं. १२ मा २३ गते खोप कार्यक्रम रहेको छ ।
प्रत्येक वडामा आवश्यकता अनुसार दुईदेखि ३ वटासम्म खोप केन्द्र राखेकोले केन्द्रसम्म आफ्नो कुकुर र विरालो ल्याएर सहयोग गर्न गाउँपालिकाले अुनरोध गरेको छ ।

प्रकाशित मिति : २०८०, ११ आश्विन बिहीबार  ११ : ०९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय