२०८३, २९ असार मंगलबार

बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन

बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन

द्वन्द्व र घमण्डले मान्छेलाई बिगार्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले समस्या बल्झाएर कोही सफल नुहने भन्दै हिंसामा लागेर उत्पात मचाइरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्याएको सम्झिए ।

ओलीले भने, ‘एकजनाले जोसँग सम्बन्धित विषय हो तिनका नेताहरुसँग वार्ता गर्नुपर्ने भन्ने अभिव्यक्ति दिइरहेका छन् । तिनका नेता खोज्दै जानु पर्ने, वार्ता गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । द्वन्द्व र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । हामीले हिंसामा लागेर उतपात मचाईरहेको माओवादीलाई वार्ताको माध्यमबाट शान्ति प्रकृयामा ल्यायौं । विप्लव समूह यसरी नै हिंसामा लागेको थियो । उसलाई पनि शान्तिमा ल्यायौं ।

उनले महानगरले जनतामाथि गरेको ज्यादलतीलाई नियन्त्रण गर्नुपर्न र साना साना व्यवसायीलाई आफ्नो काम गर्न दिनुपर्ने बताए

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ४ : ३७ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित